Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौं महानगरले पायो सफाइ कर्मचारी, एक नाइकेसहित २५ जनाको समूह तोकियो

    काठमाडौं महानगरले पायो सफाइ कर्मचारी, एक नाइकेसहित २५ जनाको समूह तोकियो

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 636
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ । कामपाले शुक्रबारबाट करार सेवाका ३ सय कर्मचारी थप गरी सबै सडक सफा गर्ने अभियन शुरू गरेको हो ।

    कामपा वातावरण व्यवस्थापन विभागले ३२ वटै वडामा सफाइ मजदुर परिचालन गरेको छ । विभागीय प्रमुख रविनमान श्रेष्ठले २५ जनाको समूहले सडकमा रहेका सबै टुक्राटाक्री टिपनटापनदेखि सडकलाई पूर्ण रूपमा सफा गर्ने बताए । उनले भने– ‘कतै पनि फोहोरको थुप्रो नहुने गरी सफाइ शुरू गरेका हौं ।’



    विभागले कतै फोहोर जम्मा भएको जानकारी भए तत्काल विभागमा जानकारी गराउन आग्रह गरेको छ । विभागका अनुसार हरेक टिमका कर्मचारी ८ घण्टा खट्ने गरी व्यवस्थापन गरेको छ । विभागले बिहान ६ देखि २ र दिउँसो २ देखि थप समयका लागि कर्मचारी व्यवस्थापन भएको जनाएको छ ।



    कामपासँग उपलब्ध भएका ६ सय र नयाँ भर्ना लिएका ३ सयसमेत गरी ९ सय कर्मचारीले सफाइ अभियान शुरू गरेका छन् । कामपाले गएको महिना बज्र सेक्युरिटी एन्ड कनेक्टर जेभीबाट सेवा करारमा लिने सम्झौता गरेलगत्तै हिजोबाट ३ सय कर्मचारी सडक सफाइ गर्न खटिएका छन् ।

    करिब १ हजार ५ सय सफाइ मजदुर रहेको महानगरमा ९ सय कर्मचारी अवकास भएर ६ सय पुगेको थियो । ६ सय मजदुरले मात्र राजधानीको सडक र अन्य संरचना सफा गर्न सम्भव नभएपछि थप ३ सय सेवा करारमा लिएको हो । थपिएका सहित सबै सफाइ कर्मचारीले सडक, पार्क, बगैंचा, पर्खाललगायत संरचना र सबै क्षेत्रको सफाइ गर्नेछन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार