दाङ । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा सोमबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
२०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।
लुम्बिनीका गृहमन्त्रीस्तरीय प्रस्तावबाट प्रदेश सरकारले सोमबार बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले प्रस्ट पारे ।
यस्तै छठ पर्वको अवसरमा सरकारले भोली देशभर सार्वजनिक विदा दिएको छ ।
Leave a Reply