Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • महिला टी–२० शृङ्खला : जापानविरुद्ध नेपालको सान्त्वना जीत

    महिला टी–२० शृङ्खला : जापानविरुद्ध नेपालको सान्त्वना जीत

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 621
    SHARES

    काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ ।

    नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा जापान निर्धारित २० ओभरमा ओभरमा सबै विकेट गुमाएर ४६ रनमा समेटिएको हो ।



    नेपालका लागि अस्मिना कर्माचार्यले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिइन् भने संगीता राईले ३ तथा पूजा महतोले २ विकेट लिइन् ।



    जापानका लागि मेग ओगावाले सर्वाधिक १७ रन तथा सेइका सुमीले १३ रनको योगदान दिइन् ।

    यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

    लिगको सुरुवाती दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। तान्जानिया र हङकङले उपाधिका लागि खेल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार