एजेन्सी । चर्चित आर्टिसियल इन्टेलिजेन्स प्लाटफर्म, च्याटजीपीटी निर्माता ओपनएआई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान पदबाट बर्खास्त भएका छन् ।
ओपेनएआईको बोर्ड बैठकले अल्टम्यान बोर्ड सदस्यहरूसँग प्रभावकारी सञ्चार सम्बन्ध राख्न असफल भएको भन्दै उनलाई सो पदबाट हटाएको हो ।
बोर्डले बैठकपछि जारी गरेको एक वक्त्तव्यमा अल्टम्यानलाई उनको योगदानको लागि कृतज्ञ रहेको तर हालको लागि नयाँ नेतृत्वको आवश्यकता महसुस भएकोले यो निर्णय लिइएको दाबी गरिएको छ ।
अल्टम्यानले सीईओका रूपमा कम्पनीमा रहँदाको क्षण प्रिय रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
अल्टम्यानलाई निष्कासन गरिएको केही समयमै ओपनएआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रोक्म्यानले पनि कम्पनीसँगको आफ्नो जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
Leave a Reply