Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एक लाख नाघ्यो सुनको मुल्य

    एक लाख नाघ्यो सुनको मुल्य

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 1.9K
    SHARES

    फाइल फाेटाे

    काठमाडाैँ । बुधबार सुनको मूल्य एक लाख नाघेकाे छ। आज एकै दिन १६ सयले बढेर एक लाख एक हजार चारमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। हिजाे मंगलबार ९९ हजार ८ सयमा सुनकाे कारोबार भएको थियाे।

    पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ।आज चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।



    चाँदी अघिल्लो दिनको तुलनमा बुधबार ६५ रुपैयाँले बढी छ। मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



    सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) का कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार