दाङ । लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो शिखर सम्मेलन गर्न तयारी अघि बढाएको छ ।
सम्मेलनमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नाममा सम्मेलन आयोजना गर्न लागिएको हो ।
लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै शिखर सम्मेलनलाई समेटेको छ ।
सम्मेलनका लागि लुम्बिनी विकास कोष, पर्यटन व्यवसायी र प्रदेश सरकारमातहतका विभिन्न कार्यालय र निकायसँग छलफल भइरहेको छ ।
शिखर सम्मेलनमा विभिन्न राष्ट्रका २० जना नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीसहित बालबालिका, शान्ति क्षेत्रका विज्ञ, सरकारी तथा गैरसरकारी अधिकारी र सरोकारवाला सहभागी हुने बताईएको छ ।
शान्ति, सद्भाव र करुणको सन्देश जाने एवं विश्वभर लुम्बिनी क्षेत्रको पर्यटकीय प्रवर्द्धन हुने सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।
Leave a Reply