टवल । बुटवल उपमहानगरपालिकाले डोजर चलाएर घर भत्काइदिएको छ । अदालतले सुनुवाई गर्ने म्याद तोकेकै दिन बिहानै बुटवल उपमहानगरपालिकाले निवेदकको घरमा डोजर चलाएर भत्काइदिएको हाे।
उपमहागरको वडा नं. ९ र ११ मा पर्ने कालिकापथमा रहेको खिमबहादुर हमालको घर बुधबार बिहानै सुरक्षा घेरामा भत्काइएको हो । सडक बिस्तार योजनामा चित्त नबुझी हमालसहितका केही स्थानीय अदालत पुगेका थिए । अदालतले आज (बुधबार) मुद्दामाथि सुनुवाइ गर्ने म्याद तोकेको थियो । तर उपमहानगरपालिकाले बिहान ६ बजे नै घर भत्काइदिएको हो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बुटवल नगर अध्यक्ष बाबुराम पन्थी र नेकपाकै कार्यकर्ता रहेका ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले मंगलबार साँझ ७ बजे आफूलाई भेटेर अदालतमा गएर मुद्दा फिर्ता लिन र वडा कार्यालयमा क्षतिपूर्तिका लागि निवेदन दिन आग्रह गरेका र आफूले १० बजे कार्यालय खुलेपछि त्यसमा निर्णय गर्ने बताएको हमालले बताए ।
उपमहानगरपालिकाले अदालतको सुनुवाइसम्म नपर्खेर ज्यादती गरेको हमालको गुनासो छ ।
Leave a Reply