Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भूकम्प प्रभावित क्षेत्रमा आजदेखि एक हजार स्वयंसेवक परिचालन गर्दै एमाले

    भूकम्प प्रभावित क्षेत्रमा आजदेखि एक हजार स्वयंसेवक परिचालन गर्दै एमाले

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 969
    SHARES

    काठमाडौं । जाजरकोट भूकम्प प्रभावितहरू क्षेत्रको पुनर्निर्माणका लागि नेकपा एमालेले आजदेखि एक हजार जना स्वयंसेवक परिचालन गर्दैछ ।

    केही दिनअघि बसेको पार्टी सचिवालयको बैठकले मंसिर १ गतेदेखि जाजरकोट भूकम्पको पुनर्निर्माणका एक करोड बराबरको श्रमदान हुने गरी एक हजार स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको थियो ।



    एमालेले २३ वटा जनसंगठनबाट ४ सय, प्रदेश सम्पर्क कमिटीबाट एक सय, लुम्बिनी प्रदेशबाट २५०, कर्णाली १५०, कोशी र मधेश प्रदेशबाट २५/२५, गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रदेशबाट ५०/५० र उपत्यका प्रदेशबाट २५ जना गरी एक हजार स्वयंसेवक परिचालन गर्नेछ ।



    अस्थायी घरटहरा निर्माण गर्न एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय केन्द्रीय फोर्स प्रभावित क्षेत्र पुगिसकेको बताइएको छ ।

    पार्टी केन्द्रको निर्णयअनुसार भग्नावशेष हटाउन, अवरूद्ध बाटो पन्छाउन, शौचालय बनाउन, खुला आकाशमुनि बसेकाहरुका लागि अस्थायी टहरा निर्माण गर्ने कामका लागि जाजरकोट पुगेको स्वयंसेवक टिम आजबाट परिचालित हुने एमालेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार