Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ

    कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    कपिलवस्तु। स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।

    भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी–४ ठकुरापुर गोब्ली बगैँचाबाट मङ्गलबार साँझ पक्राउ परेका हुन् । पक्राउ परेका सोनारको साथबाट एक हजार दरका एक–एक सय थानका १२ गड्डी र ५०० दरका एक–एक सय थानका आठ गड्डी बरामद गरिएको जनाइएको छ ।



    पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सुनको अवैध कारोवार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम बोकेको हुनसक्ने आशङ्का गरिएको छ ।



    यसैबीच कपिलवस्तुको डालपुरस्थित सशस्त्र प्रहरीले ट्र्याक्टरसहित एक ट्रली मटरको दाल नियन्त्रणमा लिएको छ । मङ्गलबार राति करिब ८ बजे ट्र्याक्टरमा लोड गरी भारतीय सीमातर्फ लैजाँदै गर्दा करिब २०० बोरा मटरको दाल र ट्र्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कृष्णनगर गुल्मका प्रमुख सुशीलकुमार शाहीले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार