Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • हङकङविरूद्ध नेपाल ५६ रनमा अलआउट

    हङकङविरूद्ध नेपाल ५६ रनमा अलआउट

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 792
    SHARES

    काठमाडौं । महिला टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको छ।

    हङकङ क्रिकेट क्लबको मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भएको हो ।



    नेपालका सुरूवाती ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। दोस्रो ‌ओभरमा पूजा महतोलाई ४ रनमा रनआउटको रुपमा गुमाएपछि नेपालको लगातार विकेट गएको थियो।



    तेस्रो ओभरमा नेपालविरूद्ध हङकङकी इक्रा सहरले ह्याट्रिक गरेकी थिइन्। उनले २.३ ओभरमा सम्झना खड्कालाई १ रनमा आउट गरेपछिको दुई बलमा नेपालका काजल श्रेष्ठ र इन्दू बर्मालाई डकआउट गर्दै ह्याट्रिक गरिन्।

    उनले ह्याट्रिक गर्दा नेपालले २.५ ओभरमा ५ रन जोड्दा ४ विकेट गुमाएको थियो। त्यसपछि विन्दू रावल र कन्चन श्रेष्ठ समान १-१ रनमा आउट भए। लगातार विकेट गएको बेलमा रूबिना क्षेत्रीले नेपालको इनिङलाई केही सम्हालिन्।

    उनले २५ रनको योगदान गरिन्। रुचिताबाट बोल्ड हुनअघि उनले ३० बलमा ४ चौका प्रहार गरिन्। त्यसपछि अस्मिना कर्माचार्य शून्य र संगिता राई २ रनमा आउट भए। रोमा थापा ७ रनमा नटआउट रहिन्।

    हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलित महिला टी-२० सिरिजमा बुधबार तान्जानियासँगको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको थियो। सिरिजको शीर्ष दुईमा अटाउन नेपालले आजको खेल जित्नुपर्ने दवाब छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार