Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कस्तो छ आजको मौसम ?

    कस्तो छ आजको मौसम ?

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।



    बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।



    बिहीबार देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार