Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • लेबनानको विस्फोटमा कम्तीमा ७८ जनाको मृत्‍यु, ४ हजारभन्दा बढी घाइते

    लेबनानको विस्फोटमा कम्तीमा ७८ जनाको मृत्‍यु, ४ हजारभन्दा बढी घाइते

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ७८ जनाको ज्यान गएको छ ।मंगलबार बेलुका भएको विस्फोटमा परी चारहजारभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियाे तथा तस्बिरहरूमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखाइएकाे छ । त्यहाँका अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।



    राष्ट्रपति मीसेल आउनले आफ्नो ट्विटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु नै विस्फोटको कारण रहेकाे बताएका छन् ।

    राष्ट्रपति मीसेलले विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको बताएका छन् । अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायिक पदार्थ हो।

    घाइतेहरुले अस्पताल भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्। प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्। उनले पनि उक्त गोदाम बारे चर्चा गरेका छन्, जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ।

    स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिए धेरैकाे संख्यामा हताहती भएकाे हुनसक्ने आशंका गरेका छन् । ती सञ्चार माध्यमका अनुसार, विस्फोटको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार