Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • नेवार समुदायमा आज म्हः (आत्म) पूजा मनाइँदै

    नेवार समुदायमा आज म्हः (आत्म) पूजा मनाइँदै

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 870
    SHARES

    काठमाडौं । आज नेवार समुदायमा म्हः अर्थात् (आत्म) पूजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन् ।

    यस वर्ष सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ । भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णय अनुसार यसो गरिएको हो ।



    देशभरका धेरै नेवार समुदायले भने आज नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दै छन् । नेपाल पञ्चांग निर्णायक विकास समितिले पनि नेपाल संवतको नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ ।



    आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार