Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • उर्लाबारी आगलागी : घाइते १४ जनालाई उपचारका लागि काठमाडौं लगियो

    उर्लाबारी आगलागी : घाइते १४ जनालाई उपचारका लागि काठमाडौं लगियो

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङको उर्लाबारीमा गत राती भएको आगलागीमा घाइते भएका १४ जनालाई थप उपचारका लागि सोमबार नेपाली सेनाको जहाजबाट काठमाडौं लगिएको छ ।

    घटनामा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये सख्त घाइते १४ जनाको थप उपचारका लागि कोशी प्रदेश सरकार र उर्लावारी नगरपालिकाले काठमाडौं लगेको हो ।



    उपचारकालागि काठमाडौं लगिएकामा उर्लावारी ७ का विशाल बस्नेत, शिवकमार बिक, राम नरेश मरिता, दिनेश शर्मा, दीपेन्द्र कार्की, सुमन चौधरी, कैलाश गुरुङ, नेत्र भण्डारी, राजन लुईटेल, रातामान सोरेन लगायत १४ जना छन् ।



    ७ बरगाछी स्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा गएराती आगलागी हुँदा चार प्रहरी सहित २८ जना जलेर सख्त घाइते भएका थिए ।

    उनीहरु प्राय सबैको शरिर कम्तीमा ४० प्रतिशत समेत जलन भएको प्रहरीले बताएको छ ।आगलागीबाट कार, मोटर साइकल र सुनचाँदी सहित घरमा समेत ठूलो क्षति पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार