Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिंड्यो

    कांग्रेस महामन्त्री थापाले भने – टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिंड्यो

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 822
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकट बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् ।

    सरकारले टिकटक बन्द गर्ने निर्णय गर्ने वित्तिकै महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै यस्तो बताका हुन् ।



    महामन्त्री थापाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको भन्दै सरकारलाई यो निर्णय सच्याउनुपर्ने बताए ।



    महामन्त्री थापाले लेखेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।’

    महामन्त्री थापाले सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखिएको आरोप समेत लगाए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार