काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
नियमति बैठक मंगलबार बस्ने भएपनि प्रधानमन्त्रीले सोमबार नै बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।
आजको बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको बुझिएको छ ।
उपरथी पाण्डेले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मालाई राजिनामा बुझाएका थिए ।
सेनाको जंगी अड्डाले सोही दिन पाण्डेको राजीनामा रक्षामन्त्रालयमा पठाएको थियो ।
Leave a Reply