सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्पका कारण आफन्त गुमाएका परिवारलाई तत्काल दुई लाख रुपैयाँ दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा ज्यान गुमाएका मृतकका परिवारलाई तत्काल उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा शुक्रबारसम्म १५४ जनाको मृत्यु भएको छ ।
Leave a Reply