Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • विद्यार्थी सवार तीन बस आपसमा ठोक्किए, १६ जना गम्भीर घाइते

    विद्यार्थी सवार तीन बस आपसमा ठोक्किए, १६ जना गम्भीर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 1.5K
    SHARES

    पूर्वी नवलपरासी । शैक्षिक भ्रमणका लागि पूर्वी नवलपरासीको हुप्सेकोटबाट धरान गएको बस दुर्घटनामा पर्दा १६ विद्यार्थी घाइते भएका छन् ।

    विद्यार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।



    स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बोकेर बस यहाँ आएका थिए । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दीको ग २ ख १५८३ नम्बरको बसलाई ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको थियो ।



    स्याङ्जाको विधार्थी बोकेको ग २ ख १५१३ नम्बरको बसमा ठोक्किएपछि सामान्य क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १६ जना विद्यार्थी गम्भीर घाइते छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार