Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • रोल्पाबाट प्रधानमन्त्री प्रचण्डले भने – अब हामी नयाँ क्रान्तिको तयारीमा छौं

    रोल्पाबाट प्रधानमन्त्री प्रचण्डले भने – अब हामी नयाँ क्रान्तिको तयारीमा छौं

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 450
    SHARES

    रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफुहरु नयाँ क्रान्तिको तयारीमा रहेको बताएका छन् ।

    रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बोल्दै यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले रोल्पाको थवाङ विचार र क्रान्तिको प्रतिक भएको बताए। जनयुद्धको तयारीका लागि ४० वर्षअघि पहिलो पटक थवाङ आएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले अब नयाँ चरणको क्रान्तिको तयारीमा रहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहि आधार बनाएर गरिएको थियो । थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं।’

    थवाङलाई देशले मात्रै नभइ विश्वले दाबी गरे । क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले यो कहिल्यै अघि बढ्ने, कहिले एक कदम पछाडि हट्ने बताए ।

    आगामी विशेष महाधिवेशनमा पार्टीले समाजवादको बाटो थप स्पष्ट पर्ने, विचारको विकास र संश्लेषण गरी समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार निर्माण गर्ने उनले बताए ।

    आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व भन्दै उनले समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्ने विचार व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार