Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • लाङ्टाङ पदमार्गमा विदेशी पर्यटकको मृत्यु

    लाङ्टाङ पदमार्गमा विदेशी पर्यटकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 522
    SHARES

    फाइल तस्विर

    रसुवा । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका १ जना विदेशी पर्यटकको लडेर मृत्यु भएको छ।

    फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो।



    रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए।



    मोल काठमाडौंको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए।

    उनको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए।

    हावाईमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार