Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • माओवादी उपमहासचिव पुनले भने – दरबारका चम्चेबाहेक राजतन्त्रको पक्षमा कोही छैनन्

    माओवादी उपमहासचिव पुनले भने – दरबारका चम्चेबाहेक राजतन्त्रको पक्षमा कोही छैनन्

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 738
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा नरहेको स्पष्ट पारेका छन्।

    पार्टी सम्बद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले ललितपुरमा गरेको कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।



    उपमहासचिव पुनले भने,‘सानो समूहमा रहेका केही पश्चगामी र निरंकुशतन्त्रका पक्षपातीहरूले हिजोका दिनमा पनि गणतन्त्रप्रति विमति राखेका थिए। तिनीहरू स्वभाविकरूपले राजतन्त्रकै निरन्तरता चाहन्थे । वंशानुगत राजतन्त्रबाट लाभ प्राप्त गरेका तत्कालीन दरकारका आसेपासे, ढोके, हुक्के र तिनका चम्चेहरूले राजतन्त्र चाहिन्छ भन्नुलाई विल्कुल अस्वभाविक मान्नुपर्दैन।’



    उपमहासचिव पुनले इतिहास भइसकेको वंश परम्परा आधारित राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने बताए।

    निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको भन्दै उनले तिनै व्यक्तिले राजतन्त्रको वकालत गरेको उपमहासचिव पुनको भनाइ छ।

    उपमहासचिव पुनले राजतन्त्रमा जनताले राज्यका लाभ नपाएको स्पष्ट रहेको भन्दै आमजनता गणतन्त्रको पक्ष र राजतन्त्रको विपक्षमा रहेको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार