काठमाडौं । अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ ।
विष सेवन गरेकी बीसीको उपचारका क्रममा निधन भएको हो ।
२८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हो ।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।
बीसी अहिले मोडलिङमा पनि सक्रिय थिइन् ।
Leave a Reply