Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भूकम्प पीडितलाई युनान प्रान्तले दिने भयो ५० हजार डलर सहयोग

    भूकम्प पीडितलाई युनान प्रान्तले दिने भयो ५० हजार डलर सहयोग

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 606
    SHARES

    काठमाडौं । चीनको युनान प्रान्तले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

    सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको औपचारिक भेटवार्ताका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन् ।



    भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे ।



    युनान प्रान्तले कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न तयार भएको उनल बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार