काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ७ः५० बजे जाजरकोटको पइन्क आसपास ३.५ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।
गत शुक्रबार राति गएको जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसपछि निरन्तर परकम्प जाने क्रम जारी छ ।
Leave a Reply