Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चौध वर्षीया किशोरी बलात्कृत, वडाध्यक्ष पक्राउ

    चौध वर्षीया किशोरी बलात्कृत, वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    गोरखा । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेका छन्।

    बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख जहेरीकाेअाधारमा रानाभाट पक्राउ परेका हन्।



    एसपी सुरेन्द्र बहादुर गुरुङले भने, ‘उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिनुभयो अनि हामीले उहाँलाई पक्राउ गर्यौं।’



    उनका अनुसार अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेकाे हाे। घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको एसपी गुरुङले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार