Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्रीलाई रविले भने – भूकम्प प्रभावित क्षेत्रका जनतालाई चिसोबाट बचाउनुस्

    प्रधानमन्त्रीलाई रविले भने – भूकम्प प्रभावित क्षेत्रका जनतालाई चिसोबाट बचाउनुस्

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 948
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भूकम्प प्रभावित क्षेत्रका जनतालाई चिसोबाट बचाउन आग्रह गरेका छन् ।

    बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर सभापति लामिछानेले १४ बुँदे सुझाव दिएका हुन् ।



    छलफलमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा समेत प्राप्त सुझावहरू राख्ने प्रतिबद्धता जनाए ।



    सभापति लामिछानेले परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन आग्रह गरेका थिए । लामिछानेले राहत व्यवस्थापन, वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिएको रास्वपाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार