काठमाडौं । नेपाल प्रहरीका ३१ प्रहरी नायव निरीक्षक (सई) लाई बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका प्रहरी सहायक निरीक्षकहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार इन्जिनियरि समूहको सञ्चारतर्फका २८ प्रहरी सहायक निरीक्षक (असई) हरुलाई सई बढुवाका लागि सिफारिस गरिएको छ ।
त्यस्तै स्वास्थ्य उपसमूहको २ जना असई सईका लागि सिफारिस गरिएको छ । त्यसैगरी केनाईन उमसमूहको सईका लागि पनि एक जनाको नाम सिफारिस गरिएको प्रधान कार्यालयले जनाएको छ ।
Leave a Reply