Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • राज्य व्यवस्था समितिका पदाधिकारी आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

    राज्य व्यवस्था समितिका पदाधिकारी आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 570
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका पदाधिकारी आज भूकम्प प्रभावित क्षेत्रमा जाँदैछन् ।

    समितिका सभापति रामहरी खतिवडासहितको टोली बुधबार जाजरकोट र रुकुम पश्चिमको निरीक्षण भ्रमणमा जान लागेको हो ।



    राज्य संयन्त्रको काम कारबाही प्रभावित नहुनेगरी उनीहरु आफ्नै खर्चमा भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्नको लागि त्यसतर्फ जाँदैछन् ।



    यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने ३६३ जना घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार