काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ ।
मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९१ रन बनायो । अफगानिस्तानका इब्राइम जद्रानले शतक बनाए ।
उनी एकदिवसीय विश्वकपमा अफगानिस्तानबाट शतक बनाउने पहिलो खेलाडी पनि बने । जद्रान १ सय ४३ बलमा १ सय २३ रनमा नटआउट रहे ।
यस्तै रशिद खानले १८ बलमा नटआउट ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवूडले २ विकेट लिए । अस्ट्रेलिया र अफगानिस्तान दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।
Leave a Reply