Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • संक्रमतिहरु ह्वात्तै बढेपछि लकडाउनका विषयमा विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओली

    संक्रमतिहरु ह्वात्तै बढेपछि लकडाउनका विषयमा विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडाैं । काठमाडौं उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग बालुवाटारमा छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपाय बारे जनस्वास्थ्यविद्हरुसंग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

    छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन्।



    विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका छन् । लकडाउन खोल्दा आवश्यक सावधानी नपाएर निर्णय लिइएको भन्दै सरकारको आलोचना समेत भएको छ । प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार