Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • युसिएमएसका विद्यार्थीले स्थगित गरे आन्दोलन, प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति

    युसिएमएसका विद्यार्थीले स्थगित गरे आन्दोलन, प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 765
    SHARES

    बुटवल । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) की प्राचार्य प्रा.डा लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमतिपछि विद्यार्थीहरूले आन्दोलन स्थगित गरेका छन्।

    मेडिकल कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीका प्रतिनिधिबीच मंगलबार भएको सहमतिमा प्राचार्य पाठकलाई पदमुक्त गरी नयाँ प्राचार्य नियुक्त गर्ने सहमति भएको हो ।



    पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको छ ।



    ड्रेस कोडमा असहमति जनाउँदै सुरु भएको आन्दोलन पछिल्लो समय प्रिन्सिपलको राजीनामासम्म पुगेको थियो ।

    असोज २२ गतेबाट सुरु भएको आन्दोलनका कारण कलेजमा पढाइ र अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार