Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 561
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।



    दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।



    ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार