Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारतले भूकम्प पीडितलाई दोस्रो चरणमा पठाएको राहत सामग्री नेपाल आइपुग्यो

    भारतले भूकम्प पीडितलाई दोस्रो चरणमा पठाएको राहत सामग्री नेपाल आइपुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि पठाएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुगेको छ ।

    भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेका हुन् ।



    अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बल सहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज पुर्‍याएको थियो ।



    यी राहत सामग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको भारतीय दूतावासले जनाएको छ ।

    त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टन भन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कार्तिक १९ गते हस्तान्तरण गरेको थियो ।

    जाजरकोटको भूकम्पले निम्त्याएको यो मुस्किल घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग प्रदान गर्न भारत तयार रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार