Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भूकम्प प्रभावित क्षेत्रमा जाँदै राज्य व्यवस्था समितिको टोली

    भूकम्प प्रभावित क्षेत्रमा जाँदै राज्य व्यवस्था समितिको टोली

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 750
    SHARES

    काठमाडौं । भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र रुकुमपश्चिम जाने भएको छ ।

    समितिका सभापति रामहरि खतिवडासहित ९ सदस्यीय टोली भूकम्प प्रभावित जिल्लामा जाने भएको हो ।



    सभामुख देवराज घिमिरेले समितिका सभापति खतिवडालाई भूकम्प पीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिएका थिए ।



    सभामुखको निर्देशनलगत्तै सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र रुकुमपश्चिमको स्थलगत अनुगमनमा जाने निर्णय गरेका थिए ।

    सभामुख घिमिरेले राज्यकोषबाट भ्रमण भत्तालगायतका अतिरिक्त सेवा सुविधासमेत नलिई अनुगमनमा जान निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार