Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भूकम्प पीडितका लागि चीनले पठाएका सहायता सामग्री बोकेका कन्टेनर नेपाल प्रवेश

    भूकम्प पीडितका लागि चीनले पठाएका सहायता सामग्री बोकेका कन्टेनर नेपाल प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । भूकम्प पीडितका लागि चीनले दिएका सहायता सामग्री बोकेका कन्टेनर रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

    जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि चीनले नेपाललाई १० करोड रुपैयाँ बराबरका सहायता सामग्री पठाएको हो ।



    दुई हजार तीन सय वटा टेन्ट, दुई हजार वटा कम्बल, सात सय वटा त्रिपाल र पाँच सय वटा स्प्रेयरसहितका सामग्री नेपाल भित्रिएका नेपालका लागि चीनका राजदूत छन सङले जानकारी दिए ।



    यी सामग्री काठमाण्डौ नल्याई सिधै जाजरकोट र रुकुम पश्चिम पठाइनेछ । थप सामग्री आउने क्रममा रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार