Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारत सरकारले दिएको ११ टन राहत सामग्री भूकम्प प्रभावित क्षेत्र पठाइँदै

    भारत सरकारले दिएको ११ टन राहत सामग्री भूकम्प प्रभावित क्षेत्र पठाइँदै

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 738
    SHARES

    काठमाडौं । भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा आज पठाइँदै छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।

    आइतबार भारतीय वायु सेनाको विमानबाट नेपालगन्ज ल्याइएको ११ टन राहत सामाग्रीसहित यहाँ रहेका अन्य राहत सामग्रीलाई दुई ट्रकमा भरेर पठाइएको छ ।



    बाँके प्रशासनका अनुसार एक ट्रक सामाग्री जाजरकोट र एक ट्रक सामाग्री रुकुम पश्चिमका लागि पठाइएको छ । सोमवार नै थप दुई ट्रक सामाग्री अरू पनि पठाइने बताइएको छ । थप सामाग्री ट्रकमा लोड गर्ने कार्य भइरहेको पनि बाँके प्रशासनले जनाएको छ ।



    सोमवार भारतले पठाएको सामाग्रीहरूमा प्लास्टिक त्रिपाल ६२५ थान, स्लिपिङ ब्याग १००० थान, ब्ल्यांकेट १००० थान, टेन्ट ठुलो खालको ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट र औषधि तथा अन्य सामग्री ४८ प्रकारका रहेको थियो ।

    सो सामाग्रीलाई नेपालगन्ज विमानस्थलमा भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खडकालाई हस्तान्तरण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार