काठमाडौं । जाजरकोट भूकम्पमा विभिन्न जिल्लामा झन्डै ३८ सय वटा घरमा क्षति पुगेको छ ।
गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्ण र आशिंक गरेर ३८ सय वटाभन्दा धेरै घरमा क्षति पुगेको हो ।
भूकम्पमा नौ सय ३७ वटा घर पूर्णरूपमा क्षति भएको छ भने दुई हजार नौ सय ५४ वटा घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । सबैभन्दा धेरै जाजरकोटमा नौ सय पाँच वटा घर पूर्णरूपमा भत्किएका छन् ।
भूकम्पमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Leave a Reply