काठमाडौं। अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौं महानगरपालिका-१३ बस्ने शिरिष श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले सामाजिक संञ्जाल वाट्सएप, इमो, फेसबुक लगायतको दुरुपयोग गरी ठगी गर्ने गरेका थिए ।
उनले पामाजिक संञ्जालमा साथी बनएर माया प्रेमको प्रपञ्चमा पारी मिलियन डलर,गरगहना,ल्यापटप लगायतका सामानहरु सहितको गिफ्ट पठाएको छु भन्दै ठगी गर्ने गरेका थिए ।
श्रेष्ठले विभिन्न अनलाइन आइडीबाट साथी बनाइ माया प्रेमको प्रपञ्चमा पारी मिलियन डलर, आइफोन, घडी, गरगहना, ल्यापटप लगायतका सामानहरु गिफ्ट पठाएको फोटो, भिडियो पठाइ विश्वास दिलाएर केही समय पश्चात् सोही पार्सल टर्की विमानस्थल, काठमाडौंको अन्तराष्ट्रिय विमानस्थल लगायत देशका भन्सार कार्यालयहरुमा सामान आइपुगेको भन्दै सो पार्सल पाउन कष्टम चार्ज, डेलिभरी चार्ज, इन्सुरेन्स चार्ज जस्ता प्रयोजनमा रकम लिने गरेका थिए
सामान बिभिन्न देशका भन्सार कार्यालयहरुमा आईपुगेको र उक्त पार्सल पाउनको लागी कष्टम चार्ज, डेलिभरी चार्ज, ईन्सुरेन्स चार्ज, जस्ता बिभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भन्दै १९ लाख २५ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Leave a Reply