Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सरकारले भूकम्प प्रभावित क्षेत्रमा पठायो त्रिपाल र ब्ल्याङ्केट

    सरकारले भूकम्प प्रभावित क्षेत्रमा पठायो त्रिपाल र ब्ल्याङ्केट

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 687
    SHARES

    काठमाडौं । सरकारले जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितका लागि राहत सामग्री पठाएको छ।

    सरकारले जाजरकोट र रुकुम पश्चिममा मन्त्रालय, सशस्त्र प्रहरी बल र युनिसेफले त्रिपाल, ब्ल्यांकेट र स्लिपिङ ब्यागहरु पठाएको हो ।



    जजरकोटमा गृह मन्त्रालयले १०० थान ब्ल्यांकेट, १०० थान त्रिपाल र ५५० स्लिपिङ ब्याग पठाएको छ ।



    सशस्त्र प्रहरी बलले ५ हजार थान त्रिपाल र ३५० थान ठूला टेन्ट पठाएको छ भने युनिसेफले ६८ थान त्रिपाल र ५ थान म्याट्रेस पठाएको छ ।

    रुकुम पश्चिममा गृह मन्त्रालयले १०० थान ब्ल्यांकेट, २२६ थान त्रिपाल र ५५० थान स्लिपिङ ब्याग पठाएको छ ।

    सशस्त्र प्रहरीले ५ हजार थान त्रिपाल र ३५० थान टेन्ट पठाएको छ भने युनिसेफले ६६७ थान त्रिपाल पठाएको छ ।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत र स्वास्थ्य मन्त्री मोहन बस्नेत पनि आइतबार भूकम्प प्रभावित जिल्ला पुगेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार