काठमाडौं । नेपाली कांग्रेसका सांसदले १५ दिनको पारिश्रमिक जाजरकोट भूकम्पपीडितको राहत र उद्धारको लागि सहयोग गर्ने भएका छन् ।
भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो बराबरको रकम दिने निर्णय गरेका हुन् ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गर्दै भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको छ ।
बैठकले उक्त विनाशकारी भूकम्पमा परी जीवन गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै कांग्रेसको भूकम्पपछि सहयोगको सहजीकरणको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।
Leave a Reply