Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जाजरकोटमा लगातार भूकम्पको धक्का, २ सयभन्दा धेरै परकम्प

    जाजरकोटमा लगातार भूकम्पको धक्का, २ सयभन्दा धेरै परकम्प

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 639
    SHARES

    काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा लगातार परकम्प जाने क्रम जारी छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि अहिलेसम्म २११ भन्दा धेरै पटक परकम्प गएका हुन् ।



    यो अवधिमा ४ रेक्टर स्केलमाथिका परकम्प ६ पटकसम्म गएको केन्द्रले जनाएको छ । अझै परकम्प आउने सम्भावना रहेकाले सतर्क रहन प्रभावित क्षेत्रका नागरिकलाई केन्द्रले आग्रह गरेको छ।



    अस्ति शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पमा परेर अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरी १ सय ५७ व्यक्तिको ज्यान गएको पुष्टि भएको छ । दुई सय जनाभन्दा धेरै जना घाइते छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार