काठमाडौं । शुक्रबार रातिको भूकम्पमा परी मृत्यु भएका १२० जनाको शव आफन्तले बुझेका छन् । प्रहरीले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार रुकुम पश्चिमका ५२ शव र जाजरकोटका ६८ शवहरु आफन्तले बुझिसकेका हुन् ।
रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको सबै शवहरु आफन्तले बुझेका छन् भने जाजरकोटमा मृत्यु भएका १०५ जनामध्ये ६८ जनाको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । अझै ३७ शव आफन्तले बुझ्न बाँकी छ ।
यस्तै शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले जाजरकोटमा १०५ जनाको मृत्यु भएको थियो भने १०६ जना घाइते भएका छन् ।
यसैगरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकोमा १३२ जना घाइते छन् । घाइतेको विभिन्न जिल्लाका अस्पतालहरुमा उपचार जारी छ । प्रहरीका अनुसार अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २५४ जना घाइते अवस्थामा छन् ।
Leave a Reply