काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको हो ।
आज बिहान १ः२२ बजे ४ म्याग्नेच्युड र बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
शुक्रबार राति ११ः४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन् ।
Leave a Reply