जाजरकोट । शुक्रवार रातिको विनाशकारी भूकम्पबाट प्रभावित जाजरकोटबासीले खुला आकास मुनी रात काट्ने भएका छन् ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सोही भूकम्पका कारण घरहरु भत्किएका छन् भने कतिपय चर्किएर बस्न नसक्ने अवस्थामा छ । भूकम्पको त्रास पनि भएकाले मानिसहरु खुला आकासमुनी बसेका छन् ।
कात्तिकको चिसो र शीतमा खुला आकाशमुनि सुत्दा स्वास्थ्य समस्या निम्तिने चिन्ता समेत बढेको छ । खाद्यान्न सबै घरमा पुरिएकाले चाउचाउ खाएर रात बिताउने उनीहरूको भनाई छ ।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १५७ जनाको मृत्यु भएको छ भने दुवै जिल्लामा गरी १९७ जना घाइते भएका छन् ।
Leave a Reply