Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – राज्यले गर्नुपर्ने काम गरिरहेको छ, अब राहत र पुनर्स्थापनामा लाग्छौं

    प्रधानमन्त्री प्रचण्डले भने – राज्यले गर्नुपर्ने काम गरिरहेको छ, अब राहत र पुनर्स्थापनामा लाग्छौं

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 384
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपथ्र्यो, त्यो गरेको बताएका छन् ।

    भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको निरीक्षणपछि नेपालगन्ज विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमत्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे भने घाइतेहरुको स्वास्थ्यलाभको कामना गरे । उनले भूकम्पबाट पीडित बनेकाहरूको राहत र उद्धारका लागि राज्यले आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह गरेको बताए ।



    प्रधानमत्री प्रचण्डले भने, ‘आज म आफै गएर भूकम्पबाट मुख्य प्रभावित जिल्लाहरूको निरीक्षण गरेँ । हताहत र घाइतेको सङ्ख्या ठुलो रहेको छ भने हजारौँ घरमा क्षति पुगेको छ । म जाँदा डाक्टरहरू तथा स्वास्थ्य सामग्रीहरू सँगै लिएर गएको थिएँ । केही घाइतेहरूलाई आफैँले हेलिकप्टरबाट उद्धार गरेर ल्याएँ । राज्यले जे गर्नुपर्थ्यो, त्यो गरिएको छ ।’

    उनले उद्धार राहतका लागि तीनवटा हेलिकप्टर अझै खटिरहेको जानकारी दिए । त्यस्तै स्वास्थ्यकर्मीहरू पनि सबै प्रभावित क्षेत्रमा खटिएको बताए ।

    उनले हालसम्म उद्धारका कार्य सफलतापूर्वक सम्पन्न भएको जिकिर पनि गरे । उनले देशभरबाट सहानुभूति र सहयोगको स्पीरिट देखिएकोमा खुसी व्यक्त गरे ।

    साथै छिमेकी राष्ट्रबाट पनि सहयोगको प्रतिबद्धता आएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार