काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।
शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो। जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।
भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ५२ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूको भेरी अस्पताल नेपालगञ्जमा उपचार जारी छ।
७ जना गम्भीर घाइतेहरूलाई काठमाडौं ल्याइ त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
Leave a Reply