काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले भूकम्पपीडित राहत कोषणमा ५० लाख सहयोग गर्ने भएको छ ।
एनसेलले कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको हो ।
त्यस्तै, एनसेले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र डाटा निःशुल्क गर्ने निर्णय गरेको छ ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सुचारु गर्न निजी क्षेत्रका सेवा प्रदायकहरुलाई आग्रह गरेको थियो ।
Leave a Reply