Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भूकम्प पीडितको उद्धारमा हातेमालो गर्न प्रधानमन्त्रीको अपिल

    भूकम्प पीडितको उद्धारमा हातेमालो गर्न प्रधानमन्त्रीको अपिल

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 702
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि अपिल गरेका छन्।

    भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहेका प्रधानमन्त्री प्रचण्डले सामाजिक संञ्जालमार्फत पीडितको राहत र उद्धारका लागि अपिल गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति गएको विनासकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्दार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु। पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा हार्दिक अपील गर्दछु।’



    उनले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा अपिल गरे।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार