Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राहत व्यवस्थापन कोषबाट भूकम्प प्रभावित जिल्लामा तत्काल ५ करोड पठाइने

    राहत व्यवस्थापन कोषबाट भूकम्प प्रभावित जिल्लामा तत्काल ५ करोड पठाइने

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 843
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा सबै जनशक्ति परिचालन गर्ने बताएका छन् ।

    गृहमन्त्री श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले उद्धार, उपचार र राहत अहिलेको मुख्य नीति भएकाले यसमा सबै जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो।



    बैठकमा ख श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन दिए।अहिले मुख्य केन्द्र सुर्खेत र उपकेन्द्र नेपालगंजलाई तोकेर परिचालन र राहतका काम एकद्वार प्रणालीका साथ अघि बढाउने गृहमन्त्री श्रेष्ठले बताए।



    तीन तहका सरकारबीच समन्वयका साथ उद्धार, उपचार र राहतका काम भइरहेको गृहमन्त्री श्रेष्ठको भनाई छ । गृहमन्त्री श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका लागि केन्द्रीय राहत व्यवस्थापन कोषबाट ५–५ करोड तुरुन्तै पठाउने निर्णय भएको जानकारी दिए।

    भूकम्पका कारण अवरुद्ध सडक खुलाउन सडक विभागलाई निर्देशन दिएको, प्रभावित क्षेत्रमा कम्बल, पाल र खानेकुराको व्यवस्थापन पनि भइसकेको उनले बताए ।

    उनले छिमेकी मुलुकले पनि सहयोगका लागि तयारी अवस्थामा रहेको जानकारी पठाएको भन्दै भारत र चीनलाई धन्यबाद दिंदै अहिले खोज तथा उद्धार टोली आवश्यक नरहको जवाफ दिएको बताए।

    जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउँमा मानवीय र भौतिक क्षति पुर्‍याएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार