काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन्।
जाजरकोटलाई केन्द्र विन्दु बनाएर भूकम्प गएर जनधनको क्षतिपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आज सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका कारण प्रधानमन्त्रीले भोलि बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण जाजरकोट र पश्चिम रूकममा पुगेर क्षतिको विवरण संकलन गरिसकेका छन्।
आज उद्धार र उपचारमा नै ध्यान केन्द्रित गर्ने र भोलि मन्त्रिपरिषद् बैठक बोलाएर अरू आवश्यक निर्णय गर्ने तयारी प्रधानमन्त्रीले गरेको उनको सचिवालयले जनाएको छ।
Leave a Reply